आदर्श लघुवित्तको आइपीओ बाँडफाँट, ५ जनालाई ११ कित्ता



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

आवेदन दिएकामध्ये ६ हजार २६१ जना लगानीकर्ताले कम्पनीको आइपीओ पाएका छन् । जसमा ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ता सेयर पाएका छन् । कम्पनीको आइपीओमा १६ लाख ७४ हजार ६५२ जनाले अआवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले असार १ देखि ५ गतेसम्म ६७ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र १ हजार ३५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइए बाँकी ६२ हजार ६१५ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

आइपीओमा नतिजा बिक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइटका साथै मेरोसेयर, आदर्श लघुवित्त वित्तीय संस्थाको वेबसाइट र सीडीएससीको वेवसाइटबाट पनि थाहा पाउन सकिने छ ।


क्लिकमान्डु