वैदेशिक रोजगारीमा जानेको संख्या बढ्योः श्रममन्त्री श्रेष्ठ




काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढेको बताएका हुन् ।

मन्त्री श्रेष्ठले कोरोना संक्रमणपछि पुरानै लयमा कामदार पठाउने मुलुकमा नेपाल अग्रस्थानमा रहेको बताए । विदेश पठाउने कामदार पछिल्ला ४ वर्ष निरन्तर घटेकोमा अवस्थामा यो वर्ष २०७४ साल अघिको अवस्थामा पुगेको उल्लेख गरे ।

‘अघिल्लो वर्ष २ लाखले कमी आएको यो वर्ष ३ लाख ६८ हजारले वृद्धि भएर ५ लाख ३४ हजार बढीले श्रम स्वीकृति लिएको छ,’ उनले भने, ‘देशमा ठूलो संख्यामा विप्रेषणमा आश्रित परिवार रहेको र मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख श्रोत वैदेशिक रोजगारी भएको भन्दै विप्रेषण अप्रवाहमा वृद्धि हुने अपेक्षा गरेको छु ।’


क्लिकमान्डु