सेयर बजारमा देखियो बहार



काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार साताको पहिलो दिन आइतबार भने दोहोरो अंकको उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढ्न थालेको बजारले अन्तिम समयसम्म निरन्तरता पाएको छ ।

यो दिन बजार ९४.९२ अंकले बढेर परिसूचक १९५६.९८ बिन्दुमा रोकिएको छ । कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १७.९३ अंकले बढेर ३८२.८४ बिन्दुमा रोकिएको छ ।

२३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक उकालो लागेको छ । यो दिन बैंकिङ समूहको ३५.५, विकास बैंक २५७.१४, जलविद्युत १५६.९२, वित्त कम्पनी १०२.४३, निर्जीबन बीमा ३६२.८८, उत्पादन तथा प्रशोधन २८४.५३, माइक्रोफाइनान्स २३१.०३, जीवन बीमा समूहको उपसूचक ३६६.७८ अंकले बढेको छ ।

यो दिन कारोबार रकमको आधारमा कुमारी बैंक अग्रस्थानमा देखिएको छ । ८ करोड ६४ लाख ३८ हजार ९५३ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र ङादी ग्रुप कम्पनी रहेको छ । आइबार तीन दर्जन भन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु