प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार



काठमाडौं । आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १.४१ अंकले बढेर परिसूचक १८६३.४६ बिन्दुमा रहेको छ । १५ कम्पनीको १ हजार १४० कित्ता सेयर ३ लाख २७ हजार ७६७ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा विकास बैंक ०.९७, जलविद्युत ३.१७, माइक्रोफाइनान्स समूहको उपसूचक १.८५ अंकले बढेको छ भने विकास बैंक समूहको उपसूचक ०.४७ अंकले घटेको छ ।


क्लिकमान्डु