भारतमा हालसम्मकै ठूलो बैंक घोटला, बधावन ब्रदर्सविरुद्ध साढे ५ खर्ब अनियमिततामा मुद्दा दर्ता



काठमाडौं । भारतमा हालसम्मकै सबैभन्दा ठूलो बैंक घोटला सार्वजनिक भएको छ ।

त्यहाँको सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआई)ले दिवासा हाउजिङ फाइनान्स लिमिटेडका पूर्व प्रमोटर्स कपिल बधवान र धीरज बाधवान समेत अन्य व्यक्तिका विरुद्ध मुद्दा दर्ता गरेको छ ।

सीबीआईले उनीहरु विरुद्ध ३४ हजार ६१५ करोड भारु अर्थात् ५ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको धोखाधडी गरेको आरोप लगाएको छ ।

बधावन ब्रदर्सले यूनियन बैंक अफ इन्डियाको कन्र्सोटियममा कैयन बैंकलाईबाट ऋण लिएर धोखाधडी गरेको आरोप सीबीआई लगाएको छ ।

सीबीआईले मुम्बईमा १२ स्थानमा छापा मारेको छ ।

जसमा सीबीआईले डीएचएफएल, कपिल बधावन, धीरज वधावान, स्काईलार्क बिल्डकान प्रालि, दर्शन डेभलपर्स प्रालि, सिंगटिया कन्स्ट्रक्सन बिल्डर्स प्रालि, टाउनसिप डेभलपर्स प्रालि, शिशिर रियालिट प्रालि, सनब्लिक रियल स्टेट प्रालि, सुधाखर सेट्टीललगायतका व्यक्तिलाई विपक्षी बनाएको छ ।

उनीहरुले यूनियन बैंक अफ इन्डियाको नेतृत्वमा १७ बैंकबाट सन् २०१० देखि कर्जा लिन शुरु गरेका थिए । फरक फरक समयमा गरी कर्जालाई खराब कर्जाको सूचीमा राखिएको थियो । फन्डको डाइभर्सन, राउण्ट ट्रिपिङ तथा फन्डको हेराफेरिको आरोपमा मिडियामा समाचार प्रकाशित भएपछि जाँच शुरु गरिएको थियो । यसपछि सन् २०१० फेब्रुअरीमा कर्जा दिने बैंकहरुले संयुक्त बैठक समेत गरेका थिए ।

अडिटमा देखियो फण्ड डाइभर्सन
डीएचएफएलमा स्पेशल रिभ्यू अडिटका लागि सन् २०१५ अप्रिलदेखि २०१८ डिसेम्बरसम्म केपीएमजीलाई अडिटका लागि नियुक्त गरिएको थियो ।

त्यसपछि बैंकहरुले २०१९ अक्टोबर १८ मा कपिल र धीरज बधावनका विरुद्ध देश छाडेर नजाउन भन्नका लागि लुक आउट सर्कुलर जारी गर्न गरेको थियो ।

अडिटमा उनीहरुले फण्ड डाइभर्सन, फण्डको राउण्ड ट्रिपिङ तथा वित्तीय अनियमितता सार्वजनिक भएको थियो ।


क्लिकमान्डु