थामिएन सेयर बजारको पहिरो, धेरै कारोबार गर्नेमा कुमारी बैंक



काठमाडौं । सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ ।

बिहीबारको कारोबारमा पनि बजारमा पहिरो गएको छ । कारोबार सुरु देखि नै आएको गिरावट अन्तिम समयमा पनि रोकिएन । जसले गर्दा बजार ४५.२५ अंकले घटेर परिसूचक १८४८.२८ बिन्दुमा रोकिएको छ ।

यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.०६ अंकले घटेर ३६२.०९ बिन्दुमा रोकिएको छ । २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको २१.२९, विकास बैंक ११९.८६, जलविद्युत ८६.३६, वित्त ४७.१, निर्जीबन बीमा २१८.०५, माइक्रोफाइनान्स १०२.१५, जीवन बीमा समूहको उपसूचक १४३.३८ अंकले घटेको छ ।

बजारमा पहिरोजाँदा पनि आधीखोला लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिनको कारोबारमा शिव श्री हाईड्रो र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

यो दिन कुमारी बैंकको धेरै रकमको सेयर कारोबार भएको छ । बैंकको ९ करोड ५३ लाख १२ हजार ५१० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा लक्ष्मी बैंक र नबिल बैंक रहेका छन् ।


क्लिकमान्डु