नेपाल वायसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी क्याप्टेन दीपु ज्वारचनलाई



काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धमा क्याप्टेन दीपु ज्वारचनलाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषदको निर्णय बमोजिम पर्यटन मन्त्रालयले आज अस्थायी रुपमा ज्वारचनलाई नियुक्त गरेको हो ।

पर्यटनमन्त्रीका स्वकीय सल्लाहकार हेमन्त केसीका अनुसार वरिष्ठ क्याप्टेन ज्वारचनलाई अध्यक्ष र महाप्रबन्धकका रुपमा अस्थायी नियुक्त दिइएको हो ।

सरकारले केही दिनअघि महाप्रबन्धक डिमप्रकाश पौडेललाई बर्खास्ती तथा अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको थियो ।


क्लिकमान्डु