गहनामा लाग्ने जर्तीको मूल्य बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, कटमरी र बिक्री सम्बन्धी कार्यविधि–२०७५ मा संशोधन गरेको छ ।

संशोधनले गर गहनामा लाग्दै आएको जर्तीको मूल्य बढेको छ । हाल टकमरी गर्दाको जर्ती लगायतको लागत वापत प्रति ग्राम २ सय रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक बिक्री मूल्य निर्धारण गरिएकोमा अब यसको मूल्य बढेको छ । अब प्रति ग्राम ३ सय रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक बिक्री मूल्य निर्धारण गरिने छ ।

यस्तै संशोधीत व्यवस्थाले सर्वसाधारण बाहेक संगठित तथा निजी क्षेका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भइ आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट बिक्री गरिने छ ।

यसरी बिक्री गर्दा जर्ती लगायतको लागत बापत प्रति ग्राम ५ सय रुपैयाँ थप गरी बिक्री मूल्य निर्धारण गरिने भएको छ । हाल ३ सय रुपैयाँ थप गरिने गरेको थियो ।


क्लिकमान्डु