कुहिने र नकुहिने फोहोर एकैठाँउ फाले महानगरले जरिवाना गर्ने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाँउमा राखेर फाल्नेलाई ५ सय रुपैयाँ जरिवाना गर्ने भएको छ ।

महानगरपालिका अन्तर्गतको वातावरण तथा कृषि विकाग टेकुका अनु्सार साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर फरक फरक दिने संकलन गरिने छ ।

फोहोर उत्पादन गर्नेले नै कुहिने र नक्ुहिने नछुट्याएमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गर्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागले आगामी साउन १ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।

जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको विभागको भनाइ छ । साउन १ देखि कुहिने र नकुहिने फोहोर फरक–फरक दिन संकलन हुने छ ।


क्लिकमान्डु