अपर सोलु हाइड्रोले असार २० गतेबाट आइपीओ ल्याउने, कति दिने आवेदन ?



काठमाडौं । अपर सोलु हाइड्रोपावर कम्पनीले असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।

जसमा ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आइपीओमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीओमा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।


क्लिकमान्डु