प्रधानमन्त्री पत्नी आरजु राणा २५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा



कुश्मा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको ‘द क्लिफ प्रालि’को रिसोर्ट परिसरमा निर्मित स्काइक्याफेमा बसेर चियापान गरेकी छन् ।

कालीगण्डकी नदि खोँचमा नदिदेखि २५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा देउवाले नेपालीकाङ्ग्रेसका नेता अर्जुन जोशी लगायत कार्यकर्तासँगै बसेर अनुभव लिएकी हुन् ।

पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफीसहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ति दुई हजार ५सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।

पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देश्यले स्काइ क्याफे शुरु गरिएको दक्लिफका अध्यक्ष राजु कार्कीले बताए ।


क्लिकमान्डु