पिपुल्स पावर कम्पनीको आइपीओ निष्कासन, कसले कहिले दिने आवेदन ?



काठमाडौं । पिपुल्स पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ३२ हजार ६ सय कित्ता सेयर स्थानीयका लागि निष्कासन गरेको हो । उक्त आइपीओमा इलाम जिल्लाको इलाम नगरपालिका-१ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र इलाम जिल्लाका अन्य बासिन्दाले ४ लाख ४२ हजार ८२० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन ५ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीेओमा आवेदन दिन बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु