प्रि–ओपनिङमा १ लाखको पनि भएन कारोबार



काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजारले खासै सुधारको बाटो लिन सकेको छैन ।

बजार मापन गर्ने सूचक ०.७२ अंकले बढेर परिसूचक १९२५.४६ बिन्दुमा रोकिएको छ । कारोबारमा ९ कम्पनीको २२० कित्ता सेयर ८० हजार ९३३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा जीवन बीमा १७.६७, बैंकिङ समूहको उपसूचक १.१० अंकले बढेको छ भने जलविद्युत समूहको उपसूचक ०.३९, माइक्रोफाइनान्स समूहको उपसूचक १.३७ अंकले घटेको छ ।


क्लिकमान्डु