सेयर बजार छायो हरियाली



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजारमा आएको निरन्तर गिरावटपछि मंगलबार भने हरियाली छाएको छ ।

यो दिन बजार मापन गर्ने सूचक ३७.४९ अंकले बढेर परिसूचक १९२२.३० बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.१८ अंकले बढेर ३७४.३७ बिन्दुमा रोकिएको छ ।

२३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कम्पनीको १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक १५.८३, विकास बैंक १२१.९४, वित्त कम्पनी ४४.०८, जलविद्युत ५७.९८, जीवन बीमा २०४.२७, उत्पादन तथा प्रशोधन ८६.४०, माइक्रोफाइनान्स ८७.७०, निर्जीबन बीमा समूहको उपसूचक १४९.२४ अंकले बढेको छ ।

कारोबारमा आधिखोला लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त, सप्तकोशी विकास बैंक समूहको उपसूचकमा सुधार देखिएको छ । कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ११ करोड ७२ लाख ९२ हजार ८४२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र अरुणभ्याली हाईड्रोपावर कम्पनी रहेको छ ।


क्लिकमान्डु