सरकारले आन्तरिक ऋण बढी उठाउँदा सेयर बजार थप धरासायी हुन्छः भरत शाह



काठमाडौं । सांसद भरत कुमार शाहले सरकारले लिने आन्तरिक ऋणको असर सेयर बजारमा पर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘सरकारले आन्तरिक ऋण उठाएपछि बैंकमा पैसा कम हुने र बैंकमा पैसा कम भयो भने त्यसको असर सेयर बजारमा जान्छ’ उनले भने ‘बैंकसँग पैसा नभएपछि उसले बढी ब्याज बढि दिन्छ । ब्याज बढी पाउने भएपछि सबैले पैसा बैंकमा राख्छन । सेयर किन्दैनन्, अनी सेयर बजार धरासायी हुन्छ ।’

अहिले सेयरको मूल्य कम हुनुको कारण पनि त्यही भएको उनको दाबी छ । पैसा बैंकमा राख्दा धेरै ब्याज पाउने भएर अहिले सेयर बजार धरासायी भएको उनको बुझाइ छ । लगानीकर्ताले जहाँ फाइदा हुन्छ त्यही राख्ने गरेको उनको बुझाइ छ ।

सन्तुलत मिलाएर राख्नुपर्ने र सन्तुलन मिलाउन नसकेको खण्डमा दुर्घटना समेत पर्न सक्ने बताए । धेरै आन्तरिक ऋण उठाँउदा बैंकले ब्याज बढाउने उनको तर्क छ ।


क्लिकमान्डु