साढे २ वर्ष अघिकाे बिन्दुमा पुग्यो सेयर बजार, लगानीकर्ता प्यानिक



काठमाडौं । सेयर बजारमा आएको गिरावटले लगानीकर्तालाई निरास बनाएको छ । अहिले बजार करिब साढे २ वर्ष अघिको बिन्दु पार गरेको छ । २०७७ मंसिर १० गते बजार १८७४.८१ बिन्दुमा रहेको थियो ।

सोमबारसम्म आइपुग्दा बजारमा निरन्तर पहिरोजाँदा ४९.३१ बिन्दुले घटेर परिसूचक १८८४.८१ बिन्दुमा पुगेको छ । लामो समय निरन्तर बढेको बजार पछिल्लो समय विभिन्न निकायको नीतिका कारण गिरावट आएको बताइन्छ । अहिले लगानीकर्ता आन्दोलित बनेका छन् ।

लगानीकर्ताले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँला ल्याएको ४,१२ को नीतिले बजार घटेको भन्दै उक्त व्यवस्था खारेज गर्न माग गर्दै आएका छन् । आन्दोलनतर लगानीकर्ताको १९ बुँदे मागमा यो पनि रहेको छ ।

निरन्तर आएको गिरावटले लगानीकर्तालाई निकै प्यानिक बनाएको छ । सोमबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.६६ अंकले घटेर ३६६.१९ बिन्दुमा रोकिएको छ ।

२३० कम्पनीको ६१ लाख ८९ हजार ९४१ कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ ।

बैंकिङ समूहको २१.५६, विकास बैंक १३५.०८, जलविद्युत २३९.२२, उत्पादन तथा प्रशोधन ९१.४१, माइक्रोफाइनान्स ११०.५३, जीवन बीमा समूहको उपसूचक २३४.६२ अंकले घटेको छ ।

यो दिनको कारोबारमा आधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु