इन्धनको मूल्य बढ्नुको कारण बारे संसदलाई जानकारी गराउन सरकारलाई सभामखुको रुलिङ



काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले इन्धनको मूल्य बढ्नुको कारण बारे संसदलाई सत्य तथ्य जानकारी गराउन रुलिङ गरेका छन् ।

संसद बैंठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले इन्धनको मूल्य वृद्धि हुनुको कारण बारे संसदलाई जानकारी गराउन माग गर्दै बैठक अबरुद्ध गर्न लागेको थियो ।

सभामुख सापकोटाले इन्धनको मूल्य बढ्नुको कारण बारे संसदलाई जानकारी गराउन रुलिङ गरेलगत्तै एमालेले बैठक अबरुद्ध गर्ने निर्णयबाट पछि हटेको छ । यो सँगै बैठक चलेको छ ।


क्लिकमान्डु