प्रि-ओपनिङमा घट्यो बजार, साढे ३ लाख बढीको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ०.०९ अंकले घटेर परिसूचक १९३४.०३ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले बढेको छ । ११ कम्पनीको ६०५ कित्ता सेयर ३ लाख ६९ हजार ११६ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ०.६२, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३८.१८ अंकले बढेको छ भने हाईड्रो पावरको २.९२, माइक्रोफाइनान्स ०.९१ र अन्य समूहको उपसूचक ८.३९ अंकले घटेको छ ।


क्लिकमान्डु