जनस्वास्थ्य सेवामा समर्पित बनेका विनोद चौधरी



वीर अस्पतालमा आइसियू, कान्ति बाल अस्पतालको इमेर्जेन्सी वार्ड, कोभिडबाट जनतालाई सुरक्षित बनाउन गरेको पहल र कृतिम हातखुट्टा व्यवस्थापन जस्ता कार्यक्रमले विनोद चौधरीलाई दक्षिण एसियाको अग्रणी समाजसेवीमा रुपमा स्थापित गरेको छ ।

कोरोनाको माहामारी चल्दै थियो । पुरै विश्वमा झैं नेपालमा पनि संक्रमितहरूको संख्या ह्वात्तै वृद्धि भइरहेको थियो । हरेक दिन सार्वजनिक हुने नयाँ तथ्याङ्कले अघिल्लो दिनको रेकर्ड तोडिरहेको हुन्थ्यो । विरामीको संख्या जुन रफ्तारमा बढ्दै थियो, लगभग त्यही रफ्तारमा नै बढ्दै थियो उपचार नपाएर ज्यान गुमाउनेहरुको संख्या पनि । अस्पतालहरुको अवस्था भयाभय थियो । अस्पतालमा विरामीहरुलाई राख्ने ठाउँ पनि थिएन । अस्पताल बाहिर खुल्ला ठाउँमा उपचारको आशामा जीवनको भिक्षा माग्दै छट्पटाइरहेका सयौं विरामी हुन्थे । कोभिडको परिक्षण नभएकाहरुमात्र होइन, कोभिड पुष्टि नै भएकाहरु पनि उपचार नपाएर ज्यान गुमाउन बाध्य थिए ।

अस्पतालमा गम्भिर विरामीहरु राखिने इन्टेसिभ केयर युनिट (आइसियु) भरिभराऊ थिए । यस्तो वातावरणले विरामीहरुमा निराशा फैलिएको थियो । त्यही बेला विनोद चौधरीले निर्णय लिए– देशको सबैभन्दा जेठो र जनताले उपचार पाउने वीर अस्पतालमा आइसियू निर्माण गर्ने । उनको फाउण्डेसनले त्यहाँ अत्याधुनिक १८ बेडको आइसियू निर्माण गरि जीवन र मरणको संघर्षमा रहेका विरामीहरुमा आशाको नयाँ सञ्चार गरायो ।

दुईदिन अस्पतालको कम्पाउण्डमा कुर्दा पनि आईसियुको बेड नपाएपछि धादिङका रिवेश थापा गंम्भिर संक्रमणमा परेका आफ्ना ६८ वर्षिय पितालाई उपचार अभावमा गुमाउन पर्ने पो हो कि भन्ने भयले चिन्तित थिए । तर, उनको त्यो तनाव चौधरी फाउण्डेसनले स्थापना गरेको सीजी आईसियु वार्ड संचालनमा आएपछि सकिएको थियो । ‘कम्तीमा उपलब्ध अत्याधुनिक उपचार त बुवाले पाउनुभयो’ आफ्नो दिमागमा त्यसबेला खेलेको विचार सुनाउँदै रिवेशले भने, ‘बाँकी भगवान भरोसा !’ उनले कामना गरेझै चौधरीले बनाएको आइसियूमा पिताले उपचार पाए । र, भगवान उनको दाहिना भए । १२ दिनको उपचारपछि उनले स्वस्थ बनेका पितालाई लिएर घर फर्किए । ‘चौधरी फाउण्डेसनले त्यसबेला वीर अस्पतालमा आईसियू वार्ड स्थापना नगरेको भए पितालाई बचाउन सकिन्थ्यो कि सकिँदैनथ्यो भगवान नै जानून्’ बोल्दाबोल्दै रिवेश भावुक भए । एउटा आईसियू बेड र अक्सिजनको चरम आवश्यकता रहेको समयमा चौधरी फाउण्डेसनले वीर अस्पतालमा सीजी आईसियू वार्डका साथै अक्सिजन प्लान्ट नै स्थापना गरेको थियो ।

विनोद चौधरीले कोरोनाबाट देशका अधिकांश जनता प्रभावित बनेका बेला आफ्नो सहयोग वीर अस्पतालमा मात्र सिमित गरेनन् । देशका अन्य अस्पतालहरूतर्फ पनि ध्यान दिनु उनले आफ्नो कर्तव्य ठाने । देशभरि अक्सिजनको अभावमा विरामीहरुको ज्यान गइरहेका बेला सातै प्रदेशका विभिन्न अस्पतालमा चौधरी फाउण्डेसनले एक सयभन्दा बढि अक्सिजन कन्सन्ट्रेटर वितरण गर्यो । फाउण्डेसनले इलाम, भोजपुर, गौंर, कलैया, धादिङ, मेलम्ची, पर्वत, दुम्कौली, बर्दघाट, गुल्मी, दैलेख, डोल्पा, बेलौरी, श्रीकोटलगायतका स्थानका सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर पुर्याएको थियो । देशका विकट ठाउँहरुसम्मका अस्पतालमा वितरण गरिएका अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य उपकरणहरुले कोरोनाविरुद्ध लडिरहेका नागरिकको जीवनमा ‘मरुभूमिको पानी’ बनेर सेवा गरिरहे ।

अस्पताललाई प्रत्यक्ष स्वास्थ्य उपकरण उपलब्ध गराउनमा मात्र फाउण्डेसन रोकिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले तत्कालिन समयमा अत्यावश्यक रहेको भेण्टिलेटरहरू हस्तान्तरण गरेका थिए । देशभरिमै अत्यन्त कम संख्यामा मात्र भेन्टिलेटर रहेको समयमा पनि फाउण्डेसनले एकै पटक आठवटा भेन्टिलेटर सहयोग गरेको थियो ।

चौधरी फाउण्डेसनले अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटरलगायतका स्वास्थ्य सामाग्रीमात्र होइन, अस्पताल विशेषका आवश्यकता र माग अनुसारका अन्य महत्वपूर्ण स्वास्थ्य पुर्वाधारहरु पनि निर्माण गरेको थियो । अक्सिजनको चरम अभाव भोगीरहेको समयमा फाउण्डेसनले विरेन्द्रनगर र धनगढीका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट नै स्थापना गरेको थियो । यसरी स्थापना गरिएका अक्सिजन प्लान्टबाट त्यहाँ हजारौं नागरिकले सुविधा प्राप्त गरेका थिए । नागरिक अक्सिजनको अभावमा तड्पिरहेको बेला फाउण्डेसनको सहयोगले धेरैको जीवनमा आएको खतरा टारेको थियो ।

कोरोनालगायतका महामारीका बेलामात्र होइन, चौधरी फाउण्डेसनले नागरिकको स्वास्थ्यमा सहयोग पुर्याउन नियमित रुपमा काम गरिरहेको छ । हालैमात्र देशको सबैभन्दा ठूलो र पुरानो बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरेको छ । कान्ति बाल अस्पतालले निकै दुःखसँग जसोतसो १२ शैयामा आकस्मिक कक्ष चलाइरहेको थियो । देशभरका सर्वसाधरण जनताका सन्तानले उपचारकालागि धाउने अस्पतालको आकस्मिक कक्षमा व्यापक सुधार गरेको छ, फाउण्डेसनले । १२ शैयामा सिमित कक्षलाई २५ शैयामा विस्तार गरिएको छ । पmाउण्डेसनले इमरजेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि उपलब्ध गराएको छ । फाउण्डेसनले इमरजेन्सी वार्डलाई निःशुल्क वाईफाई जोन पनि बनाएको छ । यसकोलागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ ।

‘बालबालिका देशको भविष्य निर्माता हुन्’ चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कान्ति अस्पतालमा निर्मित आकस्मिक कक्ष अस्पताललाई हस्तान्तरण गरेपछि भनेका थिए, ‘त्यसैले उनीहरुलाई गुणस्तरिय स्वास्थ्य र शिक्षा उपलब्ध गराउन हामी सबैले विशेष ध्यान दिनुपर्छ ।’ अध्यक्ष चौधरीले दुर–दराजसम्मका सर्वसाधरण र निम्न आर्थिकस्तर भएका नागरिकका सन्ततीले पनि सर्वसुलभ र गुणस्तरिय उपचार सेवा पाउन भन्ने ध्येयले आफुहरुले कान्ति बाल अस्पताललाई सहयोग गरेको बताएका थिए ।

चौधरी फाउण्डेसनले तत्कालिन आवश्यकता अनुसारका विभिन्न प्रकारका स्वास्थ्य क्याम्पहरु पनि नियमित रुपमा संचालन गरिरहेको पाइन्छ । हालैमात्र नवलपुरको हुप्सेकोट र कावासोतीमा स्वास्थ्य क्याम्पको आयोजनागरि स्थानीयबासीलाई सेवा प्रदान गरेको थियो । अस्पतालको पहँुचभन्दा टाढा रहेका स्थानीयबासीले उक्त क्याम्पबाट विशेष लाभ प्राप्त गरेका थिए । क्याम्पमा विरामीहरुको स्वास्थ्य परिक्षणगरि आवश्यकता अनुसारको औषधी समेत निःशुल्क उपलब्ध गराइएको थियो ।

पmाउण्डेसनले देशका विभिन्न ठाउँहरुमा आँखा शिविर पनि संचालन गर्दै आएको छ । पूर्वको सुनसरीदेखि पश्चिमको धनगढी र डडेलधुरासम्म फाउण्डेसन आँखा शिविर लिएर पुगेको छ । आँखा शिविरमा आउने आँखाका विरामीहरुको परिक्षणगरि आवश्यकताअनुसारको सुझाव र औषधी प्रदान गरिएको थियो ।

नगरिकको स्वास्थ्यमा फाउण्डेसनले गरेको अर्को महत्वपूर्ण काम हो, कृतिम हातखुट्टा व्यवस्थापन कार्यक्रम । नवलपरासीको मध्यविन्दू नगरपालिकामा स्थापना भएको सिजि सबल केन्द्रले छ सयभन्दा बढिको जीवनमा बरदान बनेर आएको छ ।

नवलपुरमा औद्योगिक पार्क स्थापना गरेका उद्यमी एवं समाजसेवी विनोद चौधरीले आफ्नो कर्मभुमिका लागि योगदान गर्न शुरु गरेको समाजसेवाबाट हातखुट्टा गुमाएका नागरिकका लागि बरदान बनिरहेको छ । त्यसरी कृतिम खुट्टा जडान गरेर नयाँ जीवन पाउनेमध्येकी एक हुन्, भरतपुर महानगरपालिका वार्ड नम्वर ११ की २५ वर्षिय रचना थापा । उनले बस दुर्घटनामा परि ७ वर्ष पहिले आफ्नो खुट्टा गुमाएकी थिइन् । १८ वर्षिय कल्कलाउदो उमेरमै शौचालय जान पनि सहयोगी खोज्नुपर्ने वाध्यतामा थिइन्, रचना । तर, अहिले उनको जीवनमा सहजता छाएको छ ।

‘शौचालय जान पनि अरुको साहारा चाहिने ति दिनहरु अहिले इतिहास बनेका छन् । अरुकै भरमा बाच्नुपर्ने ति दिनहरुको अन्त्य भएको छ । र, अहिले नयाँ विहानी आएजस्तो भएको छ ।’ रचनाले आफ्नो फेरिएको जीवनशैलीबारे संक्षिप्त तर सम्पूर्णतामा उत्तर दिइन् । गत फागुनमा उनले सीजी सबल केन्द्रमा कृतिम खुट्टा जडान गरेकी थिइन् ।

रचनामात्र होइन, क्यान्सरका कारण आफ्नो खुट्टा काट्न बाध्य भएका रोल्पाका ५३ वर्षे मने पुन मगरले पनि गत महिना कृतिम खुट्टा लिएपछि आफुमा रहेको पिडाको घाउँमा मलम लगाएको झैं भएको अनुभव सुनाए । क्यान्सरका कारण उनको देब्रे खुट्टा काट्नु परेको थियो । ‘शरिरमा महत्वपूर्ण अंग नहुदाको पिडा कसरी बयान गरू र’ मने पुनले भने, ‘अहिले सहज महशुस गरेको छु ।’ उनले आफुले पाएको नयाँ खुट्टाको सहायताले हिँड्न थालेकोे बताए ।

विनोद चौधरी देशका प्रख्यात उद्यमी हुन् । र, समाजसेवी पनि । सन् २०१५ को भूकम्पका बेला गरेको समाजसेवाका कारण उनी विश्वभर चर्चित बनेका थिए । फोब्र्स एसियाले समाजसेवामा पुर्याएको योगदानकै कारण विनोदको कभर स्टोरी प्रकाशित गरेको थियो । पछिल्लो समय उनी उद्यम र समाजसेवासँगै राजनीतिमा पनि होमिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा उनले देशमा आर्थिक समृद्धि र सामाजिक परिवर्तनको राजनीतिका लागि नेतृत्व लिइरहेका छन् ।


क्लिकमाण्डू