बालेन्द्र शाहले लोकल रक्सीलाई अन्तरार्ष्ट्रिय ब्रान्डिङ गर्ने, हाँडीगाउँमा होमस्टे खाेल्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेवा समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तर्राष्ट्रि बजारमा ब्रान्डिङ गर्न पहल गर्ने जनाएका छन् ।

उनले नीति तथा कार्यक्रममा निजी क्षेत्र, ब्यवसायी र स्थानीय समुदायसंग सहकार्य गरी होमस्टे संचालन गर्ने नीति लिएका छन् । प्राचिन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक बर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे संचालनको ब्यबस्था मिलाइ जनाएका छन् । होमस्टेमा संलग्न हुने जनशक्तिलाई आवश्यक तालिमको ब्यबस्था गरिने भएको छ ।

महानगरपालिका क्षेत्रको अमूर्त सम्पदाको संरक्षण र प्रबर्दनमा योगदान गरी आएका जात्रा, पर्ब, गुठीका कार्यक्रमहरुलाई निरन्तरता दिइने भएको छ । मूर्त, अमूर्त कला तथा सम्पदालाई पर्यटन ब्यवसायसँग आबद्ध गरी कार्यक्रम संचालन गरिने भएको छ ।

सम्पदा संरक्षण गर्न उपभोक्ता समिति मार्फत संचालन हुने जनसहभागितामूलक कार्यक्रमलाई प्राथमिकता दिइने भएको छ । काठमाडौँको स्थानीय भाषाको संरक्षणका लागि नेपाल भाषाको रन्जना तथा अन्य लिपिलाई संरक्षण र सम्बर्धन गरिने भएको छ ।

काठमाडौँमा संचालन हुने बिभिन्न जात्रा, पर्वहरुलाई स्तरमा परिचित गराई पर्यटन प्रबर्धन गरिने उल्लेख छ । इन्द्रजात्राका अवसरमा महानगरपलिकासँग भगिनी सम्बन्ध रहेका सहरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुलाई आमन्त्रण गरी महानगरपालिकाको ऐतहासिक इन्द्रजात्रालाई विश्वस्तरमा पहिचान गराउने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्लिकमान्डु