रोकिएन सेयर बजारमा पहिरो



काठमाडौं । सेयर बजारमा जाने पहिलो अझै पनि रोकिएको छैन । साताको पहिलो दिन आइतबार बजारमा पहिरो गएको छ । लामो समयदेखि जारी पहिलो अझै रोकिएको छैन ।

बजार मापन गर्ने सूचक ३७.२७ अंकले घटेर परिसूचक १९३४.११ बिन्दुमा रोकिएको छ । लगानीकर्ताको आन्दोलनले पनि बजारमा सुधारको संकेत देखिएको छैन । पाँचौ दिनदेखि लगानीकर्ताको अनसन पनि जारी छ । बजारमा सुधारको संकेत भने अझै देखिएको छैन ।

२२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ ।

बजारमा पहिरोजाँदा आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । यस्तै रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

बजारमा कारोबार रकमको आधारमा पहिलो स्थानमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । कम्पनीको १० करोड २९ लाख ८९ हजार ७६१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनसीसी बैंक र सेञ्चुरी बैंक रहेको छ ।


क्लिकमान्डु