लगानीकर्ताका माग बोर्ड भन्दा बढी अन्य निकायबाट पुरा हुन्छन्ः बोर्ड युनियन



काठमाडौं । धितोपत्र बोर्ड कर्मचारी युनियनले सेयर लगानीकर्ताले राखेका धेरै माग बोर्ड भन्दा अन्य नियकाबाट पुरा हुने धारणा सार्वजनिक गरेको छ ।

युनियनले विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरुबाट राखिएका कैयन मागहरु बोर्डको कार्यक्षेत्र भन्दा बाहिर समेत रहेको हुँदा वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालय समेतको पहलकदमीमा मात्रै सम्बोधन हुन सक्ने देखिने जनाएको छ ।

बोर्ड आफैँले पूरा गर्न सक्ने लगानीकर्ताका मागहरु यथोचित मागहरु यथाशीघ्र सम्बोधन गर्न दाबी गरेको छ । युनियले लगानीकर्ताको माग पुरा गर्न बोर्ड तथा नेतृत्व सरकार समक्ष माग गरेको छ ।

आमरण अनसनमा बसेका लगानीकर्ताको जिउधनको सुरक्षा गर्न एवं बोर्डका कर्मचारीहरुलाई सुरक्षीत कार्यस्थलको प्रत्याभूत गराउन यस यूनियन निर्णयानुसार माग गरेको छ ।


क्लिकमान्डु