रिलायन्स लाइफले बोलायो विशेष साधारणसभा



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले असार २० गते विशेष साधारण सभा बोलाएको छ ।

सभा अनमोल बैङक्वेट, शंखमुल, काठमाडौं विशान १० बजेदेखि शरू हुने छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

पुँजी वृद्धिको लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्त गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतीको लागि बीमा समिति समक्षा निवेदन दिने प्रस्ताव उक्त सभाले अनुमोदन गर्ने छ ।

सोको लागि आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरूको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव समेत अनुमोदन हुने छन् ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १० गते १ दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार असार ९ गतेसम्म नेप्सेमा कारोबार सेयरधनीहरूले सो सभामा भाग लिन सक्नेछन् ।


क्लिकमान्डु