रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आएपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त आइपीओमा गोसाइकुण्ड गाँउपालिका– १ थुमन र २ टिमेरे, आमाछोदिङमो गाउँपालिका– ४ गोल्जुङ र ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाको वडा– ३ बृद्धम, वडा–४ लाङटाङ, वडा–५ स्याफ्रुबेशी र वडा–६ धुन्चेका स्थानीयले आवेदन दिन पाउनेछन् ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन असार २७ गतेसम्म दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ १० गतेसम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले आइपीओमा बिक्री प्रबन्धकमा साथै सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु