सूर्या लाइफको एजेन्सी उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न



कठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।

बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का बताए ।

अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताए । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी गराए ।


क्लिकमान्डु