विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओ गोलाप्रथामार्फत बाँडफाँट भएको छ । आइपीओमा आवेदन दिने मध्ये १ लाख ३६ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

आइपीओमा १७ लाख ९१ हजार ८९५ जनाले आवेदन दिएकोमा २ हजार ८४ जनाको आवेदन रद्द भएको छ । कम्पनीले जेठ २० गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ७५ हजार कित्ता सामूहिक लगानी कोष र ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारी छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

उक्त कम्पनीको आइपीओका नतिजा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, मेरो सेयर, विन्ध्यवासिनीको वेबसाइट र सीडीएससीको आइपीओको नतिजा हेर्ने वेबसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु