शुक्रबारको कारोबारमा बजार राताम्मे, साढे ७३ करोडको कारोबार



काठमाडौं । पहिलो पटक शुक्रबार भएको सेयर कारोबारमा बजार सम्हालिन सकेको छैन । कारोबारको सुरुमा बजारमा सुधार देखिएको थियो ।

कारोबार सुरु भएको करिब १ घन्टा पछिबाट घट्न थालेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । २ घन्टाको कारोबारमा बजार मापन गर्ने सूचक ७.५७ अंकले घटेर परिसूचक १९७१.३६ बिन्दुमा रोकिएको छ । यो दिन २२० कम्पनीको २३ लाख ५४ हजार ९११ कित्ता सेयर ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ५.०८, विकास बैंक १४.२१, जलविद्युत १८.६९, वित्त कम्पनी ८.३८, निर्जीबन बीमा १८.५८, माइक्रोफाइनान्स १.८१ र जीवन बीमा समूहको उपसूचक ४.०९ अंकले घटेको छ ।

कारोबारमा आधिखोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।शुक्रबारको कारोबारमा नेपाल दूरसञ्चार कम्पनीको धेरै रकमको कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सेञ्चुरी बैंक र एनसीसी बैंक रहेको छ ।


क्लिकमान्डु