आयोजना प्रभावितलाई सयपत्री हाइड्रोपावरकाे आइपिओ खुला



काठमाडौं । सयपत्री हाइड्रोपावरले आयोजाना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपिओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३न करोड मूल्यको ३ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका स्थानिय बासिन्दाले उक्त आइपीओमा आवेदन दिन पाउनेछन् ।

आइपीओमा असार १६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा पनि माग अनुसार आवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई निष्कासन गरिने छ । आइपीओमा न्यूनतम १० देखि ३० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीओमा स्थानीयवासीले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट शेयर खरिदका लागि आवदेन दिन सक्नेछन् ।


क्लिकमान्डु