अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न एमालेका नेता गोकर्ण विष्टको माग



काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करका नीति परिवर्तन गरेको आरोप लागेका अर्थमन्त्रीलाई प्रधानमन्त्री बखास्त गर्नुपर्ने उनले माग गरे ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा संसदमा बोल्दै विष्टले विश्वको इतिहासमा यस्ता खालका केही घटना उदाहरणका रुपमा रहेको भन्दै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।


क्लिकमान्डु