सेयर बजारमा देखियो सुधार, अधिकांश समूहको उपसूचकमा हरियाली



काठमाडौं । लामो समयदेखि सेयर बजारमा देखिएको गिरावट बिहीबार भने रोकिएको छ ।

बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यो दिन बजार मापन गर्ने सूचक १२.५७ अंकले बढेर परिसूचक १९७८.९४ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१० अंकले बढेर ३८२ बिन्दुमा रोकिएको छ । २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ५.२७, विकास बैंक २३.३८, जलविद्युत ८.५२, वित्त कम्पनी १४.०४, निर्जीबन बीमा ३४, उत्पादन तथा प्रशोधन समूहको २५.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३८.४ अंकले बढेको छ भने जीवन बीमा समूहको उपसूचक ४.११ अंकले घटेको छ ।

कारोबारमा आँधीखोला लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १३ करोड ८८ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनसीसी बैंक र सिभिल बैंक रहेको छ । एनसीसीको १० करोड ३५ लाख र सिभिल बैकको ४ करोड ७१ लाख १९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।


क्लिकमान्डु