सातामा ६ दिन सेयर कारोबार हुने, शुक्रबार २ घण्टामात्रैः नेप्से



काठमाडौं । शुक्रबारदेखि दैनिक २ घण्टा सेयर कारोबार हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सञ्चालक समितिको जेठ २५ गतेको निर्णय अनुसार शुक्रबार पनि दैनिक २ घण्टा सेयर कारोबार हुने भएको हो । शुक्रबार ११ देखि १ बजेसम्म सेयर कारोबार हुनेछ ।

सरकारले यसअघि सरकारले सातामा २ दिन (शनिबार र आइबार) विदा दिने निर्णय गरेसँगै सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार भइरहेको थियो ।

जेठ २३ गते सरकारले उक्त निर्णय खारेजी गरेसँगै असार १ गतेदेखि लागू हुनेगरी सातामा २ दिन सेयर कारोबार गर्ने निर्णय नेप्सेले गरेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ११ देखि ३ बजेसम्म कारोबार हुनेछ । शुक्रबार भने ११ देखि १ बजेसम्म कारोबार हुनेछ ।


क्लिकमान्डु