राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त अधिकारीले सम्हाले जिम्मेवारी



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सह सचिव झलकराम अधिकारीलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरेको छ।

बुधबार महानिर्देशक नियुक्त भएका अधिकारीले आजैबाट जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई महानिर्देशक बनाउने निर्णयमा मंगलबार हस्ताक्षर गरेका थिए ।

सरकारले अधिकारीलाई महानिर्देशक बनाउने तयारी गरेपछि सोमबारनै निवर्तमान महानिर्देशक प्रकाश पौडेल विभागबाट बाहिरिका थिए ।

पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ।

विभागको महानिर्देशक भएका अधिकारीले राजस्व समूहमा लामो समय काम गरेका छन् ।

अधिकारी ठुला करदाता कार्यालयको प्रमुख कर प्रशाशक समेत भएका थिए ।

कर चुहावट र छलीका विषयमा अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई शक्तिशाली विभागको रूपमा लिने गरिन्छ ।


क्लिकमान्डु