रोकिएन सेयर बजारको पहिरो, सबै समूहको उपसूचक राताम्मे



काठमाडौं । सेयर बजारमा गएको पहिरो रोकिएको छैन । बजारमा गएको गिरावट रोकिएको छैन ।

बुधबारको कारोबारमा बजार मापन गर्ने सूचक २९.८९ अंकले घटेर परिसूचक १९६६.३७ बिन्दुमा रोकिएको छ ।
२२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक १७.५६, विकास बैंक ५३.५८, वित्त कम्पनी २९.६२, जलविद्युत ५४.१५, जीवन बीमा १८९.५८, माइक्रोफाइनान्स ७७.६९, माइक्रोफाइनान्स ६६.८०, निर्जीबन बीमा समूहको उपसूचक १३४.२७ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा आँधीखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । कम्पनीको १२ करोड ५७ लाख १४ हजार ६४९ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु