अर्थमन्त्री शर्माको दावीः मध्यरातमा कर परिवर्तन भएको छैन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मध्यरातमा कर परिवर्तन नभएको बताएका छन् ।

प्रतिनिधिसभामा सांसद्हरुले उठाएको जवाफ दिदैं अर्थमन्त्री शर्माले मध्यरातमा कोहीपनि व्यक्ति नआएको र बजेट मन्त्रालयका कर्मचारीले बनाएको बताए ।

‘बजेट निर्माण गर्दा राती १२ बजे आएको कुरा भ्रामक र झुटा भएको हुँदा खारेज गर्न चाहन्छु, मन्त्रालयका जिम्मेवार अधिकारीहरु अर्थसचिव र राजस्व सचिवको निर्देशननमा कार्यविभाजन गरेर बजेट तयार भएको हो,’ अर्थमन्त्री शर्माले भने ।

उनले सरकारको नीति कार्यक्रमको आधारमा बजेट तयार भएको तथा छलफल हुँदा प्राप्त भएका सुझावलाई समेट्ने काम मन्त्रालयले गरेको र अर्थका कर्मचारीमात्र बजेट निर्माणमा संलग्न रहेको दाबी गरे ।


क्लिकमान्डु