भारतले नेपाललाई चाहिने जति मल दिन्छ, असार १५ बाट मल आउँछः मन्त्री यादव



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले नेपालमा असार १५ गतेसम्म मल आउने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

अहिले पनि १४, १५ हजार मेट्रिकटन मल नेपालमा मौज्दात रहेको उनको भनाइ छ । असार १५ पछि सबै खाले मल आउने र आएपछि किसानले मल पाउने उनको भनाइ छ । उनले असार १५ सम्म साल्ट टे«डिङबाट टेन्डर भएका मल नेपालमा आउने दाबी गरे ।

नेपालमा आवश्यक पर्ने मल खाद्य भारतले दिने भनेको पनि उनले बैठकमा स्मरण गराए । मन्त्री यादवले युक्रेन र रुसको द्वन्द्वको कारण मलको अभाव भएको दाबी छ । यो समस्या समाधान गर्न कारखाना आवश्यक भएको उनको तर्क छ ।

मल कारखानाका लागि बजेट छुट्याईएको छ । यो उद्योग मन्त्रालयको पनि चासोको विषय हो । लगानी बोर्डले नै मल कारखाना बनाउने हो । यो काम बोर्डले टुंग्याउने छ । ठूला, मझौला र साना किसान गरेर बर्गिाकरण गरेको जानकारी गराए । किसानलाई पेनसन दिन यो आवश्यक पर्ने मन्त्री यादवको भनाइ छ ।

किसानलाई पेनसन दिन कार्यविधि बनाउन आवश्यक रहेको उनको भनाइ छ । यो वर्षबाट परिचयपत्र बनाएर काम सुरु गर्ने दाबी गरे । सरकारले १० प्रतिशत पेनसन दिने र किसानले पनि केही आफै हाल्ने मन्त्रीको भनाइ छ । किसान बीमा गर्न बीमा कम्पनी तयार नभएको उनको तर्क छ ।

नेपालमा किसानको बर्गिकरण नभएका कारण पनि यो कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । किसानको बीमा गाँउपालिकाले गर्न आवश्यक रहेको बताए । मन्त्री यादवले बेमौसमी बर्षका कारण धानको उत्पादन ७.७४ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु