१० महिनामा साढे २ खर्बको सहुलियतपूर्ण कर्जा स्वीकृत



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २ खर्ब ५६ अर्ब ३६ करोड ९९ लाख ५६ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकका अुनसार १ लाख ४६ हजार ३८२ ऋणीको उक्त रकम बराबरको कर्जा स्वीकृत भएको छ । स्वीकृत भएको कर्जामा वैशाख मसान्तसम्म प्रदान गरिएको सहुलियतपुर्ण कर्जाका लागि १५ अर्ब ७३ करोड ४१ ६८ हजार रुपैयाँ ब्याज अनुदान दिइएको छ । राष्ट्र बैंकका अनुसार २ खर्ब १६ अर्ब ३२ करोड ९४ लाख ८६ हजार रुपैयाँ भने बाँकी रहेको छ ।

यस्तै वाणिज्य बैंकबाट १० महिनाको अवधिमा २ खर्ब २३ अर्ब ७५ करोड ८८ लाख २५ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । १ लाख २४ हजार ७७९ जना ऋणीको उक्त कर्जा स्वीकृत भएको हो । यस्तै १ खर्ब ८७ अर्ब ८२ करोड ९६ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

यस्तै राष्ट्रिय स्तरका विकास बैकबाट १९ हजार ६९५ जना ऋणीले २९ अर्ब ३४ करोड ८ लाख ६७ हजार रुपैयाँ कर्जा लिएका छन् । अब २५ अर्ब ५६ करोड रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

यस्तै राष्ट्रिय स्तरका वित्त कम्पनीबाट १ हजार ८०२ जना ऋणीको ३ अर्ब १६ करोड ५० लाख ७४ हजार कर्जा स्वीकृत भएको छ । अझै २ अर्ब ८५ करोड ६५ लाख ४८ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।

राष्ट्र बैंकका अनुसार माइक्रोफाइनान्स कम्पनीहरुबाट १०६ जना ऋणीको १० करोड ५१ लाख ९० हजार स्वीकृत भएको छ । अझै पनि ८ करोड ३१ लाख ५९ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ । सरकारले ब्याज अनुदान स्वरुप १० प्रकारका कर्जा पाउँदै आएका छन् ।


क्लिकमान्डु