मध्यराती बाहिरका मान्छे बोलाएर करका दरमा हेरफेर गर्ने मन्त्री पदमा बस्न मिल्दैनः पुर्वमन्त्री पाण्डे



काठमाडौं । पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले करका दरमा गम्भिर चलखेल गर्ने अर्थमन्त्री जनार्दन शर्माले पदमा बसिरहन नमिल्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका छन् । उनले नैतिक रुपमा पनि मन्त्री उक्त पदमा बस्न नमिल्ने दाबी गरे ।

बजेट भाषणा गर्ने अघिल्लो दिन मध्येराती बाहिरमा मान्छे बोलाएर करका दर हेरफेर गर्न लगाएको र त्यस विषयमा संसदमा जवाफ नदिएको भन्दै पदमा बसिरहन नमिल्ने बताए ।

करका दर राष्ट्रिय सुरक्षा नीति जस्तै गम्भिर भएको भन्दै यस विषयमा प्रधानमन्त्रीको समेत चासो रहनुपर्ने पाण्डेको तर्क छ ।
मन्त्रीले गरेका कामका विषयमा संसद लगायत सबैतिर चर्चा भएपछि मन्त्रीले संसदमा आएर जानकारी नगराएको भन्दै उनी रुष्ठ बने । यो विषयमा संसदमा आएन जानकारी नगराउनु ज्यादै आपत्तीजनक कुरा भएको उनको तर्क छ ।

मन्त्रीले गरेको कामका विषयमा सत्ता पक्षका सांसदहरुले समेत गम्भिर चासो व्यक्त गरेको पाण्डेले स्मरण गराए । अर्थमन्त्रालयमा बजेट बन्नु अघिल्लो दिनबाट मन्त्रालयका कर्मचारी बाहेक कसैलाई पनि प्रवेश नदिने, करका दरका विषयमा छलफल चलिरहेको बेला मन्त्री बोहक अरुले फोन उठाउन नपाउने व्यवस्था गरेको स्मरण गराए । ‘सचिवदेखि सबै कर्मचारीको मोबाइल लकरमा राख्ने प्रचलन रहेको छ’ उनले भने ‘अर्थमन्त्रीले मध्येराती बाहिरको मान्छेलाई बोलाएर सचिवलाई उहाँ करको विज्ञ हो उहाँले भनेर अनुसार गर्नु भनेर उहाँले भन्नु भयो भन्ने आएको छ । यो कुरा के हो, तत्काल संसदलाई जानकारी गराउनुपर्छ ।’

अहिले सरकारले चाउचाउ र विस्कुटमा लाग्ने कर ५ प्रतिशतमा झारेर त्यसमा लाग्ने ध्यू, तेल निर्यात गरेर ८६, ८७ अर्ब आम्दानी गरेका उद्योग टाट पल्टाउने गरी बजेटमा व्यवस्था गरेको बताए । सरकारले नेपालका स्यानिटरी प्याड उद्योग सुकाउने गरी साढे ७ प्रतिशत कर लगाएको दाबी गरे ।


क्लिकमान्डु