एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयर लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले लगानीकर्तालाई ८.९५ प्रतिशत लाभांश दिने भएको छ ।

हाल कायम रहेको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु