राष्ट्र बैंकले बैंकका सीइओलाई छलफलको लागि बोलायो



काठमाडौं । नेपाल राष्ट्र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई छलफलका लागि बोलाएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका विभिन्न विषयमा छलफल गर्नको लागि २७ वटै वाणिज्य बैंकका सीइओलाई छलफलका लागि बोलाएको हो ।

‘छलफलका लागि ३ बजे राष्ट्र बैंकले बोलाएको छ, बैंकिङ क्षेत्रका विभिन्न विषयमा छलफल हुने छ,’ एक बैंकका सीइओले भने ।

राष्ट्र बैंकले केही दिन अगाडि बैंक अध्यक्षलाई बोलाएर मर्जरमा जाने भए असारसम्म जानुपर्ने त्यसपछि सुविधा नपाउने उल्लेख थियो ।


क्लिकमान्डु