दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले उक्त कम्पनीको आइपीओमा आज कार्यालय समयभित्र आवेदन दिनसक्नेछन् । कम्पनीले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० का दरले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर निष्कासन गरेको छ । जसमा १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २० लाख १९ हजार ८६९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम १७ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । आइपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु