सनराइज बैंकद्वारा स्तन क्यान्सरको निःशुल्क शिविर संचालन



काठमाडौं । सनराइज बैंकले काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको छ ।

पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । महिलाहरु स्तन क्यान्सरको जाचँ गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् ।

यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँदछन् । तसर्थ जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा निशुल्क शिविर सञ्चालन गरेको जनाएको छ ।

शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सर बारे सचेतना दिइएको थियो । साथै शिविरमा आउन हुने सम्पुर्ण मानिसहरुको निःशुल्क रक्तचाप, मधुमेह परिक्षण सेवा समेत दिइएको थियो ।

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ ।

महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजारसम्म र अस्पताल भर्ना र ओपीडी खर्च गरी १ लाख रुपैयाँसम्म बीमा बापतको रकम समेत दिँदै आएको जनाएको छ ।


क्लिकमान्डु