ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना



काठमाडौं । ग्लोबल आइएमई बैंक स्वस्थ्य नारी पहल अभियान अन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका-७ स्थित साँखु स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराइएको छ । शिविरबाट १५० जना भन्दा बढि महिलाहरु लाभान्वित भएका छन् ।

बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको हो ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।


क्लिकमान्डु