सहकारीमा लगाइएको कर घट्ने सम्भावना न्यून, मन्त्री श्रेष्ठ मौन



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फले सहकारी क्षेत्रमा लगाएको घर घट्ने सम्भावना न्यून बनेको छ ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सहकारी ऐन विपरित सहकारी क्षेत्रमा लगाएको कर घटाउन माग गरेका थिए । तर त्यस विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ मौन बसेकी छिन् ।

मन्त्रालयको बजेटको विषयमा उठेका प्रश्नको विषयमा जवाफ दिने क्रममा मन्त्री श्रेष्ठ मौन बनेकी हुन् । कर घटाउने विषयमा मन्त्रीले केही नबोलेपछि सांसद धनश्याम खतिवडाले पुरक प्रश्न गर्दै सहकारी क्षेत्रमा लगाइएको कर घटाउने विषयमा मन्त्रालयको धारणा मागेका थिए । तर मन्त्री श्रेष्ठ भने मौन रहेकी छिन् ।

सहकारी ऐन विपरित सहकारी क्षेत्रमा कर लगाएको भन्दै अन्य सांसद जस्तै खतिवडाले पनि कर पुरानै कायम गर्न माग गरेका थिए । सांसद खतिवडाले सहकारी स्थिरिकरण कोषको लागू हुनु निकै प्रभावकारी काम भएको बताए ।


क्लिकमान्डु