पिपुल्स पावर कम्पनीले ३१ करोडको आइपीओ ल्याउन पायो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डको अनुमतिसँगै कम्पनीले ३१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३१ करोड रुपैयाँको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु