सेयर बजारमा नयाँ इतिहासः सातामा ६ दिन कारोबार, शुक्रबार २ घन्टा मात्रै



काठमाडौं । नेपाली सेयर बजारले नयाँ इतिहास रचेको छ । नेपालमा पहिलो पटक सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीका अनुसार असार १ बाट सातामा ६ दिन सेयर कारोबार हुने निर्णय भएको छ । अब आइतबारदेखि बिहीबारसम्म साविकको समय ११ देखि ३ बजेसम्म र शुक्रबार भने ११ देखि १ बजेसम्म २ घन्टा मात्रै कारोबार हुने छ ।

यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म भइरहेको छ ।

आइतबार विदा दिने निर्णयबाट सरकार पछि हटेको छ । यो सँगै अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । सेयर लगानीकर्ताको माग अनुसार नै सातामा ६ दिन सेयर कारोबार गर्न लागिएको हो । शुक्रबार भने २ घन्टा मात्रै कारोबार हुने छ । यस विषयमा नेप्से तथा अन्य कुनै नकिायले पनि अध्ययन भने गरेका छैनन् ।

अहिले बजारमा निरन्तर गिरावट आइरहेको समयमा लगानीकर्ताहरुले शुक्रबार पनि कारोबार हुनुपर्छ भनेर माग गरेका कारण सोही अनुसार शुक्रबार पनि कारोबार गर्न लागिएको हो । यसका लागि लगानीकर्ता, ब्रोकर कम्पनी, सिडिएससी लगायत सबै निकाय सकारात्मक देखिएको बताइएको छ ।


क्लिकमान्डु