२ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । मर्जरमा जाने भएपछि २ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको हो । इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरमा जाने भएकाले सेयर कारोबार रोक्का भएको छ । मर्जरका लागि जेठ २७ गते दुवै बैंकले सम्झौता गरेका छन् ।

मर्जरपश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकिकृत कारोबार हुने बताइएको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई प्रति सेयर ९० रुपैयाँका दरले १००ः९०) गाभ्न लागेको छ । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता पाउनेछन् ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्टका सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रजन्यराज भण्डारी र मेगा बैंकका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मुक्ति पाण्डेले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु