संसदमा दैनिक कार्यसूची स्थगन गरेर मल अभावका विषयमा छलफल सुरु




काठमाडौं । प्रतिनिधि सभा बैठकको कार्यसूची रोकेर रासायनिक मलको अभावको विषयमा छलफल सुरु भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले यो प्रस्ताव दर्ता गरेका हुन् । सोमबार संसदको कार्यसूचीमा रहेका बजेटमाथि ८ जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको थियो ।

आज प्रतिनिधि सभा बैठकमा कानून, युवा तथा खेलकुद, श्रम तथा रोजगार, वन तथा वातावरण, शहरी विकास, भूमी व्यवस्था, महिला तथा बालबालिका र कृषि मन्त्रीले बजेट माथि उठेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको थियो ।

उक्त कार्यक्रमलाई स्थगन गरेर सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएर त्यसमा छलफल सुरु भएको हो । छलफलमा भाग लिने सांसदहरुले तत्काल मलको व्यवस्था गर्न माग गरेका छन् ।

बाली लगाउने समयमा मल अभाव भएको भन्दै तत्कालै यसको व्यवस्था गर्न माग गरेका छन् । यस्तै सांसदहरुले मलको व्यवस्था गर्नका लागि गोदामको व्यवस्था गर्न समेत माग गरेका छन् ।


क्लिकमान्डु