असारदेखि सातामा ६ दिन सेयर कारोबार गर्न हुने



काठमाडौं । असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको छ । यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म भइरहेको छ ।

आइतबार विदा दिने निर्णयबाट सरकार पछि हटेको छ । यो सँगै अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । सेयर लगानीकर्ताको माग अनुसार नै सातामा ६ दिन सेयर कारोबार गर्न लागिएको बताइएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका एक अधिकारीका अनुसार सातामा ६ दिन सेयर कारोबार गर्ने विषयमा आन्तरिक छलफल चलिरहेको छ । तर यो विषयमा निर्णय भने भइसकेको छैन । स्रोतका अनुसार सातामा कतिदिन सेयर कारोबार गर्ने भन्ने विषयमा सोमबार निर्णय हुनेछ ।

नेप्से का प्रवक्ता मुराहरी पराजुलीका अनुसार सातामा ६ दिन नै सेयर कारोबार गरौ भनेर सेयर लगानीकर्ताका नेताहरुले माग गरिरहेका छन् । लगानीकर्ताका नेताहरुले यस्तो माग गरेको भएपनि अहिलेसम्म यस विषयमा कुनै अध्ययन भएको छैन । निर्णय पनि भएको छैन ।

सेयर बजारमा जति समय सेयर कारोबार हुने हो त्यो समयमा तिब्र रुपमा कारोबार हुनुपर्छ भन्ने मान्यता रहेको छ । तर पछिल्लो समय बजारमा निकै निरास छाएको छ । बजारमा निरास छाएको समयमा सातामा ६ दिन कारोबारहुँदा त्यो कत्तिको प्रभावकारी हुन्छ भन्नेमा सबैको चासो देखिएको छ ।


क्लिकमान्डु