राज्यले गर्न नसकेको काम सहकारीले गरेको छः गृहमन्त्री खाण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन् ।

नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उनको भनाइ छ ।

राजधानीमा आयोजित चौथो साकोस शिखर गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन परिवर्तनमा समेत सहकारीको भूमिका रहेको बताए ।

उनले सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गरे ।

‘राज्यले गर्न नसकेको काम सहकारी गरेको छ’, उनले भने, ‘दूरदराजका दिदीबहिनी, आमाहरुलई पनि सशक्त बनाउने र घर, समाज सुधार्ने काममा पनि सहकारीले भूमिका खेलेको छ ।’ उनले सहकारी अभियानप्रति सरकार सकारात्मक रहेका समेत स्पष्ट पारे ।


क्लिकमान्डु