प्रधानमन्त्रीलाई सांसद सुवालको प्रश्न- करिब ९ अर्ब ठग्ने सिभिल सहकारीका अध्यक्षलाई कसले संरक्षण गरेको छ ?



काठमाडौं । सांसद प्रेम सुवालले निक्षेपकर्ता ठग्ने सिभिल सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङलाई कसले संरक्षण गरेको हो ? भन्दै प्रश्न उठाएका छन् ।

बजेटमाथी मन्त्रालयष्त विभिन्न शिर्षकहरुमा प्रतिनिधि सभामा जारी बैठकमा उनले यस्तो प्रश्न गरेका हुन् । ‘सिभिल सहकारीले ८ अर्ब ८७ करोड भन्दा बढी २१ सय जनाको निक्षेप ठगी गरेकाे छ, त्यस्तो ठगी गर्नेलाई कुन शासक, नेताहरुले संरक्षण गरेको छ’ उनले भने यस विषयमा यहाँ प्रधानमन्त्रीले यहाँ बोल्नुपर्छ ।’

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले पु्स १४ गते आदेश दिएको छ ।

पूर्वसांसद समेत रहेका तामाङलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । तामाङसहित अहिलेका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।


क्लिकमान्डु